कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

feature 1787108323038 https://bajarkochirfar.com/private-job/kalika-laghubitta-bittiya-sanstha-limited-announces-vacancy-for-deputy-chief-executive-officer/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Kalika Laghubitta Bittiya Sanstha Limited
◆ पद (Position / Title):Deputy Chief Executive Officer (Managerial Category)
◆ रिक्त संख्या (Vacancies):1
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०५/०३
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/१७

◆ संक्षिप्त जानकारी (Summary):

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (व्यवस्थापकीय श्रेणी) पदमा १ जना कर्मचारीको माग गरेको छ।

कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले व्यवस्थापकीय श्रेणी अन्तर्गत नायब प्रमुख कार्यकारी अधिकृत पदमा १ जना कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन्।

यस पदका लागि शैक्षिक योग्यता तथा अनुभवको हकमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ३ वर्ष वरिष्ठ प्रबन्धक पदमा कार्य गरेको हुनुपर्नेछ। वैकल्पिक रूपमा, स्नातक तह उत्तीर्ण गरेको हकमा बैंक तथा वित्तीय संस्थामा न्यूनतम ५ वर्ष वरिष्ठ प्रबन्धक पदमा कार्य अनुभव आवश्यक पर्ने सूचनामा उल्लेख छ।

दरखास्त दिने अन्तिम मितिसम्म आवेदकको उमेर ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने व्यवस्था छ भने वित्तीय संस्थामा बहालवाला कर्मचारीहरूको हकमा उल्लेखित उमेर हद लाग्ने छैन। छनोट प्रक्रिया प्रस्तुतिकरण र अन्तर्वार्तामार्फत गरिनेछ र सर्ट लिस्टमा परेका उम्मेदवारहरूलाई मात्र जानकारी दिइनेछ।

इच्छुक उम्मेदवारहरूले आफूले दरखास्त दिने पद खुलाइएको हस्तलिखित निवेदन, हालसालै खिचिएको फोटो, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू तथा नेपाली नागरिकताको प्रतिलिपि सहित संस्थाको केन्द्रीय कार्यालय वा [email protected] मार्फत आवेदन दिन सक्नेछन्। दरखास्त दिने अन्तिम मिति २०८३/०५/१७ गते कार्यालय समयसम्म रहेको छ।

थप सुचनामा:

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

खुदी हाइड्रोपावर लिमिटेडद्वारा पावर हाउस अपरेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एक्सेल डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी

Deadline : Refer to Notice
View Details →

Organization

नेशनल लाईफ इन्स्योरेन्समा मार्केटिंग अधिकृत पदमा जागिर खुल्यो, +२ पास भएकाले आवेदन दिन पाउने

Deadline : Refer to Notice
View Details →

Organization

हिलटप जुनार बहुउदेश्यीय सहकारी संस्थामा विभिन्न १३ पदमा जागिर खुल्यो, तलब कति ?

Deadline : Refer to Notice
View Details →

Organization

काठमाडौं महानगरपालिकाद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स