■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Ganapati Microfinance Bittiya Sanstha Limited |
| ◆ पद (Position / Title): | Management Category, Officer Category, Assistant Category |
| ◆ रिक्त संख्या (Vacancies): | Few |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०३/३१ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३ साउन १३ गते |
◆ संक्षिप्त जानकारी (Summary):
गणपति लघुवित्त वित्तीय संस्थाले व्यवस्थापकीय, अधिकृत र सहायक श्रेणीका कर्मचारी माग गर्दै आवेदन आह्वान गरेको छ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो केन्द्रीय तथा विभिन्न शाखा कार्यालयहरूका लागि रिक्त रहेका विभिन्न पदहरूमा कर्मचारी आवश्यक भएको जनाउँदै दरखास्त आह्वान गरेको छ। संस्थाले व्यवस्थापकीय श्रेणी, अधिकृत श्रेणी र सहायक श्रेणीमा केही संख्यामा कर्मचारी पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।
व्यवस्थापकीय श्रेणीका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्थामा न्यूनतम १० वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ। अधिकृत श्रेणी (वरिष्ठ अधिकृत/अधिकृत/कनिष्ठ अधिकृत) का लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा ५ देखि ७ वर्षको अनुभव माग गरिएको छ। सहायक श्रेणी (सुपरभाइजर/वरिष्ठ सहायक/सहायक) का लागि पनि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण र कम्तीमा ४ वर्षको कार्य अनुभव हुनुपर्ने योग्यता तोकिएको छ। छनोट प्रक्रियामा अन्तर्वार्तालाई आधार बनाइने र विभागीय प्रमुख वा शाखा प्रबन्धक भई कार्य गरेकालाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ साउन १३ गते बुधबारसम्ममा आवेदन दिन सक्नेछन्। आवेदनका साथमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रतिलिपि र बायोडाटा संलग्न गरी इमेल ठेगाना [email protected] वा संस्थाको वेबसाइट www.ganapatimicro.com.np मार्फत दरखास्त पेस गर्न सकिनेछ। छनोट सम्बन्धी सम्पूर्ण अधिकार वित्तीय संस्थामा निहित रहनेछ।
थप सुचनामा:



