प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन रिसाएर बाहिरिएका कुरा सार्वजनिक गरेकी छिन्।
सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै उनले भनिन्, “पुनले केही कानुन बनाउन आग्रह गरेका थिए, तर सरकारले ती कानुन समयमै बनाउने सहयोग गर्न नसकेपछि पुन रिसाएर क्याबिनेट छोडेर गएका हुन्।”
प्रधानमन्त्री कार्कीले भनिन्,“जहाँसम्म पुनजीको कुरा छ, उहाँ रिसाएर जानुभयो। दुई–चार कानुन बनाउन भन्नुभएको थियो र ती कानुन राम्रै थिए। तर हामीले छोटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं। अनेक परिस्थिति आउँछन्, सबै कुरा सम्भव हुँदैन।”
उनले यस्ता घटनालाई व्यक्तिको स्वतन्त्र अधिकारको रूपमा लिन आग्रह पनि गरेकी छिन्।
महावीर पुनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया