प्राइम बैंकले धितोपत्र बोर्डबाट पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम बैंकले धितोपत्र बोर्डबाट पायो ऋणपत्र निष्काशनको अनुमति
Advertisement Ads

प्राइम बैंक कमर्सियल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ।

धितोपत्र बोर्डले बुधबार बैंकलाई ‘प्राइम बैंक डिबेन्चर २०९३’ नामक ऋणपत्र जारी गर्न स्वीकृति दिएको हो। स्वीकृतिअनुसार बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ ऋणपत्र जारी गर्नेछ।

जारी गरिने कुल ऋणपत्रमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिने बैंकले जनाएको छ।

यो ऋणपत्रको अवधि १० वर्ष रहनेछ र लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Screenshot 2026 06 18 173121 https://bajarkochirfar.com/prime-bank-receives-permission-from-securities-board-to-issue-bonds | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स