नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सोमबार ४ लघुवित्त कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
सपोर्ट लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १७२२.३७ रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ८०० रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य ८८० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
छिमेक लघुवित्तको १२.५० प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ९२८.८० रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य १३२५.९५ रुपैयाँ कायम भएको छ। कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बुधबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।





प्रतिकृया