प्रिमियर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याउने योजना बनाएको छ।
आईपीओ निष्काशनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। सम्झौतापत्रमा प्रिमियर डिस्टिलरीका सञ्चालक गौरव शारडा र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्।
विसं २०६९ मा सुनसरीको दुहबीमा एक अर्बभन्दा बढी लगानीमा स्थापना भएको प्रिमियर डिस्टिलरी नेपालका सबैभन्दा आधुनिक एकीकृत मदिरा उत्पादन उद्योगहरूमध्ये एक हो। यसले भोड्का, ह्विस्की, रम र जीनका लागि आवश्यक अन्नमा आधारित ग्रेन–बेस्ड एक्स्ट्रा न्यूट्रल अल्कोहल उत्पादन गर्दै आएको छ।
कम्पनीले आफ्ना ब्रान्डहरूमा ‘द हिमालयन रिजर्भ’ ह्विस्की र भारतको मोहन मिकिन लिमिटेडसँग फ्रेन्चाइज सम्झौता अन्तर्गत उत्पादन हुने ‘ओल्ड मङ्क रम’ लगायत अन्य विभिन्न ब्रान्डहरू उत्पादन गर्दै आएको छ।




















प्रतिकृया