शेरा दरबारको जग्गाबारे प्रचण्ड भन्छन्, “कानुन विपरीत भए फिर्ता ल्याइयोस्,सरकारलाई धन्यवाद भन्छु”

शेरा दरबारको जग्गाबारे प्रचण्ड भन्छन्, “कानुन विपरीत भए फिर्ता ल्याइयोस्,सरकारलाई धन्यवाद भन्छु”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबारको जग्गासम्बन्धी कानुनी प्रक्रियामा कुनै विपरीत कार्य भएमा सो जग्गा फिर्ता गर्न सरकारलाई निर्देशन दिएका छन्। संसदको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले भने, “यदि शेरा दरबारको जग्गाबारे कानुनी रूपमा केही गलत भएको छ भने त्यसलाई फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद दिन्छु।”

यसै बैठकमा एमालेका सांसद बासुदेव घिमिरेले गृहमन्त्री रमेश लेखकसँग शेरा दरबारको जग्गाबारे स्पष्टिकरण मागेका थिए। उनले भने, “शेरा दरबारको विषय के हो? गृहमन्त्रीले यसबारे स्पष्ट जवाफ दिन आवश्यक छ।”

गृहमन्त्रीले अन्तिम जवाफ दिने संकेत गरेपछि, प्रचण्डले अख्तियार एन संसोधन विधेयक र सांसद घिमिरेले उठाएका अन्य विषयमा आफ्नो धारणा व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स