instainsta

बालेनलाई अघि बढाउन विदेशी शक्तिको ठुलो लगानी रहेको प्रचण्डको आरोप

बालेनलाई अघि बढाउन विदेशी शक्तिको ठुलो लगानी रहेको प्रचण्डको आरोप
AdvertisementAds

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गर्न देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा चुरे भावर पार्टीसँगको एकता तथा समायोजन कार्यक्रममा सम्बोधन गर्दै दाहालले विचार र सिद्धान्तभन्दा ‘स्टन्ट’ को भरमा लोकप्रिय हुने व्यक्तिहरूलाई बाह्य शक्तिले प्रयोग गरिरहेको दाबी गरे। उनले भने, “अहिले विचार र राजनीतिक मूल्यमान्यताभन्दा स्टन्ट गरेको भरमा लोकप्रिय हुनेलाई प्रमोट गर्न देशी-विदेशी शक्तिहरूले ठूलो लगानी गरिरहेका छन्।”

पूर्वप्रधानमन्त्री दाहालले त्याग, तपस्या र बलिदानको राजनीतिलाई पाखा लगाएर केवल चर्चाका लागि काम गर्नेहरूलाई प्रवर्द्धन गर्नु मुलुकका लागि सुखद नभएको उल्लेख गरे। उनले यस्ता शक्तिहरूले भ्रष्टाचार विरुद्धको अभियान र सामाजिक न्यायको मुद्दालाई वास्तविकताभन्दा प्रचारमुखी शैलीमा मात्रै अघि बढाएको पनि बताए।

दाहालले मुलुकमा राष्ट्रिय तागतको निर्माणका लागि कम्युनिस्ट र वामपन्थी शक्तिबीचको एकता अपरिहार्य भएको बताएका छन्। इतिहासको सम्मान गर्दै राजनीतिक मूल्यमान्यतामा आधारित आन्दोलनलाई संगठित गर्न आफूले पार्टीहरूको ध्रुवीकरण प्रक्रिया तीव्रता दिएको बताए। उनले अन्य छरिएर रहेका शक्तिहरूलाई पनि एकता प्रक्रियामा सहभागी हुन आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स