प्रभु इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि शुक्रबार साउन २३ गते बस्ने भएको छ। सभा काठमाडौं, तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे सुरु हुनेछ।सभामा १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश सहित कुल १८.९४७४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरिनेछ। त्यसैगरी, यसअघि स्वीकृत गरिएको ५०.१५ प्रतिशत हकप्रद सेयर प्रस्तावलाई संशोधन गर्दै ४७ प्रतिशतमा कायम गर्ने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ।
त्यस्तै, सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८०/८१ को वासलात, नाफा/नोक्सान तथा नगद प्रवाह विवरण अनुमोदन गरिनेछ। साथै, २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको प्रस्ताव पनि पेश गरिनेछ। साधारण सभा तथा लाभांश प्रयोजनका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, साउन १ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।




















प्रतिकृया