प्रभु बैंक लिमिटेडले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५अन्तर्गत नेपालका साना तथा मझौला उद्यम (एसएमई) का लागि उत्कृष्ट डिजिटल बैंकको अवार्ड पाएको छ। युरोमनी लिमिटेडले सिंगापुरमा आयोजना गरेको कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित तीन महिला अधिकृतहरूले संयुक्त रूपमा सम्मान ग्रहण गरेका हुन्।
पछिल्लो केही वर्षयता प्रभु बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, अनलाइन खाता सञ्चालन, कर तिर्ने डिजिटल प्रणाली, बीमा तथा वित्तीय परामर्श सेवा लगायतका माध्यमबाट एसएमई लक्षित डिजिटल सेवामा उल्लेखनीय प्रगति गरेको छ।
यसअघि पनि बैंकले बैंक अफ द इयर २०२३ अवार्ड पाएको थियो। हाल बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर र २५६ एटीएम लगायत सशक्त डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ।












![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया