काठमाडौंका यी स्थानहरुमा आज ५ घण्टा बिजुली काटिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
काठमाडौंका यी स्थानहरुमा आज ५ घण्टा बिजुली काटिने
Representative Image
AdvertisementAds

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका केही स्थानमा आज (फागुन २०) विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।

प्राधिकरणको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना, खरिपाटी, भक्तपुर अनुसार, बल्खु चोकदेखि त्रिभुवन विश्वविद्यालयको गेटसम्मका क्षेत्रमा कीर्तिपुर फिडरअन्तर्गत विद्युतीय लाइन भूमिगत गर्ने कार्यका कारण विद्युत् आपूर्ति बन्द रहनेछ।

बिजुली बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवरुद्ध हुनेछ। मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स