नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटीले सूचना जारी गर्दै, कुलेश्वर, बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका कारण आजदेखि एक हप्तासम्म काठमाडौंका विभिन्न स्थानमा दैनिक ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ।
विद्युत् आपूर्ति बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवरुद्ध रहनेछ। आज (०४ गते) कलंकी र बलम्बु फिडरअन्तर्गत स्युचाटारदेखि कलंकीको क्षेत्रमा बिजुली जानेछ। ५ गते बलम्बु वरिपरिको क्षेत्र, ६ गते रातोपुलदेखि गौशाला, ७ गते गौशाला चोकदेखि पुरानो बानेश्वर, ८ गते बल्खु करिडोर र मैत्रीनगरका क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द हुनेछ।
९ गते पुनः गौशाला चोकदेखि पुरानो बानेश्वर, १० गते त्रिभुवन विश्वविद्यालय वरिपरिको क्षेत्र र ११ गते सतुंगलदेखि बलम्बु क्षेत्रसम्म पनि बिजुली बन्द रहनेछ।
मौसम प्रतिकूल भएमा विद्युत् आपूर्ति बन्द नहुने प्राधिकरणले जनाएको छ।















प्रतिकृया