१७ करोड ६० लाख बराबरको आईपीओ जारी गर्दै फेदीखोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २८ गते
१७ करोड ६० लाख बराबरको आईपीओ जारी गर्दै फेदीखोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न लागेको छ। कम्पनीले १७ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने योजना बनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। अधिकृत पूँजी रु. ८० करोड रहेको उक्त हाइड्रोपावरले जारी पूँजीको २२ प्रतिशत अर्थात् १७ करोड ६० लाख बराबरको प्रति अंकित मूल्य रु. १०० का दरका १७ लाख ६० हजार कित्ता सेयर जारी गर्नेछ। यी सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष योजनाहरु, कम्पनीमा कार्यरत कर्मचारी तथा सर्वसाधारणलाई तोकिएअनुसार वितरण गरिने कम्पनीले जनाएको छ।

कात्तिक २६ मा सम्पन्न सम्झौतापत्रमा फेदीखोला हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलाल र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स