पाटन सबस्टेसनको मर्मत हुँदै, भोलि ललितपुरमा दुई घण्टा बिजुली काटिने

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २८ गते
पाटन सबस्टेसनको मर्मत हुँदै, भोलि ललितपुरमा दुई घण्टा बिजुली काटिने
Representative Image
AdvertisementAds

पाटन सबस्टेसनको ६६ केभी बसबारमा मर्मतसम्भार गर्नुपर्ने भएपछि भोलि भदौ २९ गते बिहान ललितपुरका अधिकांश क्षेत्रमा करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले मर्मतसम्भारका लागि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागेको जनाएको छ।

सटडाउनका कारण पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ।

मर्मतसम्भारको काम तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति सोहीअनुसार नियमित गरिने प्राधिकरणले स्पष्ट पारेको छ। विद्युत् सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स