राष्ट्र बैंकको प्रवक्तामा पण्डित नियुक्त, को हुन् ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २१ गते
राष्ट्र बैंकको प्रवक्तामा पण्डित नियुक्त, को हुन् ?
AdvertisementAds

नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक किरण पण्डितलाई नयाँ प्रवक्ताका रूपमा नियुक्त गरेको छ। उनको प्रवक्ताका रूपमाको जिम्मेवारी आज (जेठ २१) गतेदेखि लागू हुनेछ।

विसं २०६२ सालमा राष्ट्र बैंकमा सेवा प्रारम्भ गरेका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा जस्ता महत्वपूर्ण विभागहरूमा काम गर्दै अनुभव सँगालेका छन्। प्रवक्तामा नियुक्त हुनुअघि उनी भुक्तानी प्रणाली विभागमा कार्यरत थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स