नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन्। उनी परिसंघको २२औं साधारण सभाबाट अध्यक्षमा निर्वाचित भएका हुन्।
पाण्डे यसअघि परिसंघका वरिष्ठ उपाध्यक्ष थिए र परिसंघको नियमअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ। हाल वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन्, जसलाई परिसंघको गभर्निङ काउन्सिलले चयन गरेको हो। यसअघि वरिष्ठ उपाध्यक्ष एक वर्षपछि चयन गर्ने परम्परालाई निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले हटाएका थिए।
त्यसैगरी, परिसंघका उपाध्यक्षमा राजबहादुर शाह, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी चयन भएका छन्। स्थायी आमन्त्रित सदस्यको रूपमा सन्दिप शारडा, विदुषी राणा र प्राची अग्रवाल मनोनित भएका छन्।














![हाइड्रोको सेयरमा चुनौती कि अवसर? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/no_L8Oe58vM-maxresdefault-150x150.jpg)

![भीषण वर्षा र बाढीले हाइड्रोमा के कति क्षति पुर्यायो ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/CAS7NTAZCBs-maxresdefault-150x150.jpg)

![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)

प्रतिकृया