पाँचथर पावरले सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट पायो ४२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ५ गते
पाँचथर पावरले सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट पायो ४२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी
AdvertisementAds

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले पाँचथर पावर कम्पनीलाई ४२ करोड ५० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। पाँचथरको फालेलुङ गाउँपालिकामा रहेको १४.९ मेगावाट क्षमताको जलविद्युत् आयोजना गत असोजमा आएको बेमौसमी बाढीका कारण क्षतिग्रस्त भएको थियो।

बाढीले आयोजना संरचनाको मुख्य भाग बगाएपछि विद्युत उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको थियो। पाँचथर पावरले संरचनागत क्षति तथा उत्पादन ठप्प हुँदा भोग्नुपरेको आर्थिक नोक्सानीका लागि बीमा दाबी पेश गरेको थियो।

बीमा सम्झौता अनुरूप, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति क्षति तथा नाफा क्षय बीमाअन्तर्गत उक्त रकम भुक्तानी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स