पाँचथर पावरले सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट पायो ४२ करोड रुपैयाँ बीमा दाबी भुक्तानी



Advertisement
Ads

सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले पाँचथर पावर कम्पनीलाई ४२ करोड ५० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ। पाँचथरको फालेलुङ गाउँपालिकामा रहेको १४.९ मेगावाट क्षमताको जलविद्युत् आयोजना गत असोजमा आएको बेमौसमी बाढीका कारण क्षतिग्रस्त भएको थियो।

बाढीले आयोजना संरचनाको मुख्य भाग बगाएपछि विद्युत उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको थियो। पाँचथर पावरले संरचनागत क्षति तथा उत्पादन ठप्प हुँदा भोग्नुपरेको आर्थिक नोक्सानीका लागि बीमा दाबी पेश गरेको थियो।


Advertisement

बीमा सम्झौता अनुरूप, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सम्पत्ति क्षति तथा नाफा क्षय बीमाअन्तर्गत उक्त रकम भुक्तानी गरेको हो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर