भारत–पाकिस्तान विवाद समाधानमा भूमिका खेलेको भन्दै डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको भोलिपल्टै पाकिस्तानले उनीप्रति कडा आलोचना गरेको छ।
इरानमाथि अमेरिकाले गरेको आक्रमणप्रति आपत्ति जनाउँदै पाकिस्तानले उक्त कारवाही अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को नियमको उल्लङ्घन भएको जनाएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आइतबार इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग फोनमा कुराकानी गर्दै बम विष्फोटले आइएइएको सुरक्षामा रहेका सुविधाहरूलाई लक्षित गरेकामा चिन्ता व्यक्त गरेका हुन्।
ट्रम्पको ‘निर्णायक कूटनीति’ को प्रशंसा गर्दै पाकिस्तानले शनिबार एक्समार्फत उनलाई नोबेल पुरस्कारको औपचारिक सिफारिस गरेको थियो। तर, त्यसको भोलिपल्टै ट्रम्प नेतृत्वको कदमकै आलोचना गर्नु पाकिस्तानको द्विविधापूर्ण कूटनीति देखिएको विश्लेषण गरिँदैछ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया