सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्। बैठकले सहकारी संस्थाहरूबाट कर्जा असुलीसम्बन्धी मुद्दाहरूको समाधानका लागि “कर्जा असुली न्यायाधिकरण” गठन गर्ने निर्णय गरेको छ। उक्त न्यायाधिकरणको अध्यक्षमा सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत र सदस्यहरूमा वसन्तराज पुरी तथा गोविन्द शर्मा गैह्रे रहेका छन्। न्यायाधिकरण सञ्चालनका लागि आवश्यक अधिकृतस्तरका तीन पदको अस्थायी दरबन्दी पनि स्वीकृत गरिएको छ।
त्यसैगरी, सार्वजनिक खरिदसम्बन्धी पुनरावलोकन गर्न “सार्वजनिक खरिद पुनरावलोकन समिति” गठन गरिएको छ। उक्त समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट तथा सदस्यहरूमा पूर्वसहसचिव रोहितकुमार विसुवाल र थानेश्वर गौतमलाई नियुक्त गरिएको छ।
मन्त्रिपरिषद्ले हरेक वर्ष असोज १५ गतेलाई “राष्ट्रिय चलचित्र दिवस” को रूपमा मनाउने निर्णय पनि गरेको छ। साथै, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गरिएको छ। बैठकले राष्ट्रिय पर्यटन नीति २०८२ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।


प्रतिकृया