गृहमन्त्रीको राजीनामा मागसहित विपक्षी दलहरूको तीनबुँदे निष्कर्ष

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २० गते
गृहमन्त्रीको राजीनामा मागसहित विपक्षी दलहरूको तीनबुँदे निष्कर्ष
AdvertisementAds

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणसम्बन्धी तीन बुँदे निष्कर्ष सार्वजनिक गरेको छ।

बैठकमा रास्वपा, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए। प्रतिपक्षीको निष्कर्षअनुसार, वैदेशिक रोजगार ऐन २०६४ यता देखिका भिजिट भिसा प्रकरणहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिनुपर्ने, छानबिनमा निष्पक्षता कायम राख्न गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर यसबारे स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने माग गरिएको छ।

प्रतिपक्षले यसलाई ‘पहिलो चरण’को बैठक भनेको छ र सभामुखसँगको छलफलका लागि प्रमुख सचेतकहरू उक्त निष्कर्षसहित सहभागी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स