गृहमन्त्रीको राजीनामा मागसहित विपक्षी दलहरूको तीनबुँदे निष्कर्ष



Advertisement
Ads

आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बसेको प्रतिपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणसम्बन्धी तीन बुँदे निष्कर्ष सार्वजनिक गरेको छ।

बैठकमा रास्वपा, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए। प्रतिपक्षीको निष्कर्षअनुसार, वैदेशिक रोजगार ऐन २०६४ यता देखिका भिजिट भिसा प्रकरणहरू छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिनुपर्ने, छानबिनमा निष्पक्षता कायम राख्न गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर यसबारे स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने माग गरिएको छ।


Advertisement

प्रतिपक्षले यसलाई ‘पहिलो चरण’को बैठक भनेको छ र सभामुखसँगको छलफलका लागि प्रमुख सचेतकहरू उक्त निष्कर्षसहित सहभागी भएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर