प्रतिनिधिसभामा विपक्षीको अडान कायम, उठाइएका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग

प्रतिनिधिसभामा विपक्षीको अडान कायम, उठाइएका विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ माग

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग दोहोर्‍याएका छन्। उनीहरूले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान कायम राखेका छन्।

बैठकमा नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभाको नियमावलीअनुसार नै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफ दिन माग गरिएको बताए। उनले संसद्मा संवाद र सहमतिको वातावरण निर्माण गर्न पनि आग्रह गरे।

यसपछि सभामुख डोलप्रसाद अर्यालले पहिलो बैठकका क्रममा सांसद राईले सभामुखलाई लक्षित गरेर प्रयोग गरेका शब्द संसद्को अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिए।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद परशुराम तामाङले नेपालले कुनै पनि मुलुकको सीमा अतिक्रमण नगरेको उल्लेख गर्दै छिमेकी राष्ट्रसँग मित्रवत् सम्बन्ध कायम राख्दै मिचिएको नेपाली भूमि फिर्ता हुनुपर्ने धारणा राखे।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिबारे सरकारसँग स्पष्ट जवाफ माग गरे। साथै सामाजिक सञ्जालमा बढ्दो गालीगलौज नियन्त्रणका लागि सरकारले सबैलाई समान रूपमा कारबाही गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अलि भाटले बैठकमा उठेका विषयमा सरकारको धारणा स्पष्ट गराउन सभामुखले गरेको प्रयास प्रभावकारी हुन नसकेको टिप्पणी गरे।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स