नेपालमा वी-टक, भाइबर र टिकटक मात्र सूचीकृत, अन्य सूचीकरण नभए कानूनी कदम चाल्ने सरकारको तयारी

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
नेपालमा वी-टक, भाइबर र टिकटक मात्र सूचीकृत, अन्य सूचीकरण नभए कानूनी कदम चाल्ने सरकारको तयारी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सूचीकरणका लागि आग्रह गरेको छ। हालको अवस्थामा, नेपालमा वी-टक, भाइबर, र टिकटक मात्र मन्त्रालयमा सूचीकृत भएका छन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयमा सूचीकरण हुनका लागि अन्य सामाजिक सञ्जाल प्लेटफर्मलाई आग्रह गरेका छन्। गत शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० अनुसार, यी प्लेटफर्मलाई मन्त्रालयमा सूचीकृत गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको जानकारी दिए।

यसअघि, मन्त्रालयले एक्स, फेसबुक, इन्स्टाग्राम लगायतका अन्य प्रमुख सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकरणका लागि सचेत गराएको थियो। मन्त्रालयको आह्वानपछि, वी-टक १६ असोजमा, भाइबर २४ फागुनमा र टिकटक ८ कात्तिकमा सूचीकृत भएका छन्।

मन्त्री गुरुङले भने, “हामीले पत्राचारमार्फत यी प्लेटफर्मलाई सूचीकरणका लागि आग्रह गरेका छौँ। यदि तिनीहरूले हामीलाई ध्यान दिएनन् भने कानूनी दायरामा ल्याउँछौँ।।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स