नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्काशनका लागि भोलि (भदौ ९) गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार आज भदौ ८ गतेसम्म कायम सेयरधनीहरुले हकप्रद सेयर भर्न सक्नेछन्।
नेपाल धितोपत्र बोर्डले गत साउन १५ गते बैंकलाई १:१ अनुपातमा अर्थात् १००% हकप्रद सेयर जारी गर्न अनुमति दिएको थियो। यस अनुसार बैंकले आफ्ना सेयरधनीहरुलाई २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँ बराबरको कुल २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद सेयर बिक्रीका लागि खुला गर्नेछ।
हकप्रद सेयर बिक्रीपछि बैंकको चुक्तापुँजी ५२ करोड ४९ लाख ३५ हजार ४०० रुपैयाँ पुग्नेछ। यस कार्यको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया