कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार, केही तरकारी र फलफूलको मूल्य घटेको छ भने केहीको मूल्य बढेको छ।
लोकल सानो गोलभेँडाको मूल्य घटेर ५० रुपैयाँ प्रति किलोग्राम, सानो गोलभेँडा (भारतीय) ७५ रुपैयाँ, सानो तराई गोलभेँडा ६७ रुपैयाँ ६७ पैसा, सुकेको प्याज (भारतीय) ६२ रुपैयाँ ६७ पैसा, टाटे सिमी ४० रुपैयाँ, मटरकोशा १०५ रुपैयाँ, लौका ७५ रुपैयाँ, तराई परवर ९५ रुपैयाँ, डल्लो भन्टा ५५ रुपैयाँ, सेतो लोकल मूला ३७ रुपैयाँ ६७ पैसा तोकिएको छ।
लोकल बन्दा र स्थानीय काउलीको मूल्य प्रतिकेजी ५० रुपैयाँ कायम गरिएको छ। यस्तै, हरियो फर्सीको मूल्य बढेर ३५ रुपैयाँ, तितो करेला १०५ रुपैयाँ, लाम्चो भन्टा ६५ रुपैयाँ, सखरखण्ड ८५ रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, नेपाली सुन्तला ११० रुपैयाँ, लोकल काक्रो ११५ रुपैयाँ, हरियो खुर्सानी ६५ रुपैयाँ र माछे खुर्सानी ९५ रुपैयाँ पुगेको छ। थप रूपमा, तराई काउली २७ रुपैयाँ ६७ पैसा, बरेला र ब्रोकाउली ५५ रुपैयाँ, कन्य च्याउ १३५ रुपैयाँ, झोले स्याउ २५० रुपैयाँ, सुकेको छ्यापी १५० रुपैयाँ, र मुंगरी माछा ४२६ रुपैयाँ ६७ पैसा पुगेको छ।



















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया