ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आज फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ जारी गरेको थियो र अब दोस्रो चरणमा सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।
लगानीकर्ताले आईपीओमा न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले चैत ३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र सेयर बिक्री नभएमा निष्काशन अवधि चैत १२ गतेसम्म थप गरिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले रहेको छ।आइपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाहरू वा ‘मेरो सेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गर्न सकिनेछ। कम्पनीले केयर रेटिङ नेपालबाट केयर–एनपी बीबी माइनस (डबल बी माइनस) रेटिङ प्राप्त गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।



















प्रतिकृया