नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एउटै सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्। कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनेछिन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आज असार १४ गते राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठी आयोजना गरेको हो।
गोष्ठीमा ओली र प्रचण्डसँगै नेपाल समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
फरक–फरक राजनीतिक धारमा रहेका प्रमुख कम्युनिस्ट नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएकाले यस कार्यक्रमलाई विशेष अर्थका साथ हेरिएको छ। कार्यक्रममा मदन भण्डारीको राजनीतिक विचार, योगदान तथा नेपालको कम्युनिष्ट आन्दोलनबारे शीर्ष नेताहरूले आफ्ना धारणा राख्नेछन्।



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया