नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेट हुने भएको छ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको सक्रिय राजनीतिमा संभावित प्रवेशबारे उठेका विवाद समाधान गर्न उनीहरूबीच छलफल आवश्यक रहेको सुझाव धेरै पोलिटब्युरो सदस्यहरूले दिएका थिए।
त्यही सुझावको आधारमा अध्यक्ष ओलीले भण्डारीसँग भेट गर्ने बताएका हुन्। आगामी साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि नै यस विषयलाई टुंग्याउनुपर्ने म्यान्डेटअनुसार ओलीले छलफल सुरु गरेका हुन्।
यो भेटपछि भण्डारीलाई पार्टीमा दिन लागिएको जिम्मेवारी र उनको सदस्यता नवीकरणबारे अन्तिम निर्णय हुने जनाइएको छ।
















प्रतिकृया