instainsta

एनआरएन इन्फ्रास्ट्रक्चरले वर्णबास म्युजियम होटेलमा लगानी गर्ने, १२ करोड ५० लाखको सेयर किन्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३० गते
एनआरएन इन्फ्रास्ट्रक्चरले वर्णबास म्युजियम होटेलमा लगानी गर्ने, १२ करोड ५० लाखको सेयर किन्यो
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वर्णबास म्युजियम होटेलमा लगानी गर्ने भएको छ। कम्पनीले होटेलको जारी पुँजीको ९.०९ प्रतिशत (संस्थापक सेयरको १४.२ प्रतिशत) स्वामित्व किनेको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डलाई सोमबार पठाएको जानकारीअनुसार होटेलका १० लाख संस्थापक सेयर प्रतिकित्ता १२५ रुपैयाँको दरले किन्ने सम्झौता गरेको छ। सोअनुसार एनआरएन इन्फ्रास्ट्रक्चरले कुल १२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ।

सम्झौताअनुसार कम्पनीले होटेलको सञ्चालक समितिमा कम्तीमा एक जना प्रतिनिधि पठाउने अधिकार पनि प्राप्त गरेको छ। आइतबार दुई पक्षबीच सेयर खरिद–बिक्री सम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा वर्णबास म्युजियम होटेलका अध्यक्ष राजेन्द्र बजगाईं र एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख कार्यकारी अधिकृत हेमन्त बस्यालले हस्ताक्षर गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स