निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइन मतदाता नामावलीमा नाम दर्ता सुरु गरेको छ।आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्र विवरणमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सुरु गरेको हो।
हाल मतदाता नामावली दर्ताका लागि नागरिक निर्वाचन कार्यालयमा भिडभाड बढेकाले लामो समय लाइन बस्नुपर्ने अवस्था थियो। यस्तो समस्या समाधानका लागि सरकारले राष्ट्रिय परिचयपत्रका लागि लिइएको बायोमेट्रिक विवरणलाई निर्वाचन आयोगको मतदाता नामावली दर्ता प्रणालीसँग जोडेको छ।
अब राष्ट्रिय परिचयपत्र भएका तर आफैं निर्वाचन कार्यालयमा उपस्थित हुन नसक्ने मतदातालाई सहज हुने आयोगले जनाएको छ। मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि कात्तिक ३० भित्र आवेदन दिन सकिने व्यवस्था गरिएको छ।












![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)



![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया