नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई छिटो र सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउने उद्देश्यले उक्त सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
यो निःशुल्क एम्बुलेन्स सेवा काठमाडौं रिङरोडभित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागू हुनेछ। अस्पतालका अनुसार सेवा माघ १ गतेदेखि सुरु भइसकेको छ र सातै दिन २४ सै घण्टा सञ्चालनमा रहनेछ।आपतकालीन अवस्थाका बिरामी वा घाइतेलाई समयमै उद्धार गरी विश्वासिलो तथा गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्यसहित नर्भिकले यो निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जनाएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया