दक्षिण कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रदान गरिने एनओसी स्थगित



Advertisement
Ads

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना नआएसम्मका लागि दक्षिण कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रदान गरिने अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गरेको छ।

सरकारले पछिल्लो समय नेपाली विद्यार्थीका लागि लोकप्रिय अध्ययन गन्तव्य बन्दै गएको कोरियाको सन्दर्भमा आएका विभिन्न गुनासोका कारण उक्त निर्णय लिएको हो। मन्त्रालयका अनुसार, कोरियामा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरूले विभिन्न समस्या भोग्नु परेकाले तत्कालका लागि एनओसी वितरण रोकिएको हो।


Advertisement

कोरियास्थित नेपाली दूतावासमा समस्या लिएर पुग्ने विद्यार्थीको संख्या बढेपछि दूतावासले नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो। त्यसपछि परराष्ट्रले शिक्षा मन्त्रालयलाई औपचारिक पत्राचार गरी समस्याप्रति ध्यानाकर्षण गराएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर