अर्थमन्त्री रामेश्वर खनालले आगामी निर्वाचन सफल बनाउन आवश्यक स्रोतसाधनको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा बोल्दै उनले सरकारको ध्यान निर्वाचनलाई व्यवस्थित र सफल बनाउनेतर्फ केन्द्रित रहेको बताए।
अर्थमन्त्री खनालले अब देशले आर्थिक मुद्दामा केन्द्रित हुने समय आएको उल्लेख गर्दै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु सबैभन्दा ठूलो चुनौती भएको बताए। उनले पर्यटन क्षेत्रलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको स्वीकारसमेत गरे।
देशको अर्थतन्त्र उकास्न सरकार विभिन्न नीतिगत सुधार र पहलमा सक्रिय रहेको उल्लेख गर्दै उनले आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

















प्रतिकृया