अबदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) अन्तर्गत डिप्लोमा, प्रि-डिप्लोमा तथा प्रमाणपत्र तहका शैक्षिक कार्यक्रममा भर्ना हुन विद्यार्थीले प्रवेश परीक्षा दिनु नपर्ने भएको छ। परिषद्ले प्रवेश परीक्षा खारेज गर्दै एसईईको ग्रेडिङ प्रणाली (GPA) का आधारमा विद्यार्थी भर्ना गर्ने निर्णय गरेको हो। शिक्षा मन्त्री रघुजी पन्तको अध्यक्षतामा वैशाख २६ गते बसेको बैठकले ‘प्रवेश परीक्षा नीतिगत रूपमा समस्याग्रस्त रहेको’ निष्कर्ष निकाल्दै नयाँ भर्ना निर्देशिका २०८२ पारित गरेको हो।
नयाँ प्रणालीअनुसार विद्यार्थीले अनलाइन आवेदन दिएपछि एसईईको प्राप्ताङ्कका आधारमा योग्यताक्रम तयार गरिनेछ। सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई १ अतिरिक्त अंक र निजी विद्यालयबाट उत्तीर्ण भएकालाई ०.८५ अंकको अतिरिक्त भार दिइनेछ। यस निर्णयले शिक्षालयहरूले स्वीकृत कोटाअनुसार भर्ना गर्न सहज हुने र अघोषित शुल्क तथा प्रश्नपत्र लिकजस्ता समस्या हट्ने विश्वास गरिएको छ।










![काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/01/Stay-Updated-With-3-9-768x403.png)







![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया