एनएमबि लघुवित्तको वार्षिक साधारणसभा असार ३२ गते बस्दै, यस्ता छन् प्रस्तावहरु

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २९ गते
एनएमबि लघुवित्तको वार्षिक साधारणसभा असार ३२ गते बस्दै, यस्ता छन् प्रस्तावहरु
AdvertisementAds

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा असार ३२ गते बस्दैछ। सभापोखराको होटल सिटी स्क्वायर प्रा.लिमा बिहान ९ बजे सुरु हुनेछ।

साधारणसभामा कम्पनीको संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग सम्भावित मर्जरको लागि तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

त्यसका साथै, गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्दै उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ। सभा प्रयोजनका लागि कम्पनीले असार २४ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, असार २३ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त साधारणसभामा सहभागिता जनाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स