पुस महिनाको अन्त्य नजिकिँदै गर्दा चार वाणिज्य बैंकले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गर्न नसक्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) र कुमारी बैंकले गत वर्ष जस्तै यसपटक पनि साधारण सभा समयमा सम्पन्न गर्न असफल भएका छन्। यसपाली नेपाल बैंक र एनआईसी एशिया बैंक पनि यो सूचीमा थपिएका छन्।
आर्थिक वर्षको पहिलो छ महिनाभित्र साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था भए पनि, अब पुस मसान्त सकिन ३ दिन बाँकी रहँदा यी चार बैंकले साधारण सभा आह्वान गरेका छैनन्। साथै, कम्पनी ऐनको व्यवस्थाअनुसार पब्लिक कम्पनीको वार्षिक साधारण सभा गर्न कम्तीमा २१ दिनअघि सेयरधनीलाई साधारण सभा हुने मिति, स्थान र छलफल हुने विषयका बारेमा सूचना दिनुपर्छ। नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त २० वाणिज्य बैंकमध्ये १६ बैंकहरूले साधारण सभा आह्वान गरिसकेका छन्।
एभरेष्ट बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंकको वार्षिक साधारण सभा सम्पन्न भइसकेको छ। आगामी ३ दिनको अवधिमा विभिन्न बैंकहरूले आफ्ना वार्षिक साधारण सभा बोलाएका छन्। पुस २८ गते माछापुच्छ्रे बैंकले पोखरामा भने सिद्धार्थ बैंकले काठमाडौंको आर्मी अफिसर्स क्लबमा आफ्नो सभा आयोजना गर्नेछ। पुस २९ गते हिमालयन बैंक, कृषि विकास बैंक, प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा विभिन्न स्थानहरूमा बस्नेछ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया