यो साताको अन्तिम कारोबार झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्बमा खुम्चियो
आज नेप्से परिसूचक ३.१४ अङ्कले बढेर २७४३.७४ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ४ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ८ अर्ब ६२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार हिमालयन री इन्स्योरेन्सको भएको छ। यस दिन ३०९ कम्पनीको १ करोड ५६ लाख सेयर कारोबार भएको छ।
नेप्से ३.१४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३.१४ अङ्कले बढ्दा ८१ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, विन नेपाल लघुवित्त, अपर हेवा हाइड्रोपावर, लक्ष्मी लघुवित्त, र उपकार लघुवित्त रहेको छ।

नेप्से ३.१४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ३.१४ अङ्कले बढ्दा १५८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: बाराही हाइड्रोपावर, भूगोल इनर्जी, दिबेस्योरी उन्नति सहकार्य लघुवित्त र अपर लाहोरे हाइड्रोपावर रहेको छ।