झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने ११ अर्बमा खुम्चियो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने ११ अर्बमा खुम्चियो

आज नेप्से परिसूचक २.४१ अङ्कले बढेर २७३०.०० मा बन्द भएको छ। आज १३ उपसमूहमध्ये ६ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ। दिनभर ११ अर्ब ८७ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ।यस दिन ३१९ कम्पनीको २ करोड ३७ लाख सेयर कारोबार भएको छ । हिजो दिनभर भने १२ अर्ब ९५ करोडको कारोबार भएको थियो। यस अघि भदौ महिनामा नेप्सेमा १२ अर्ब बढीको कारोबार भएको थियो।

नेप्से २.४१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से २.४१ अङ्कले बढ्दा ९७ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: उपकार लघुवित्त, भूगोल इनर्जी, सप्तकोशी  डेभलपमेन्ट बैंक, सामुदायिक लघुवित्त र समलिंग पावर रहेको छ।

TOP GAINERS 21 https://bajarkochirfar.com/nepse-rises-by-a-small-percentage-point-trading-volume-shrinks-to-11-billion | %tags

नेप्से २.४१ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से २.४१ अङ्कले बढ्दा १३७ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: रिभर फल्स, ग्रीन डेभलपमेन्ट बैंक, थ्री स्टार हाइड्रो, पिपुल्स पावर, र सानिमा मिडल तामोर हाइड्रोपावर रहेको छ।

TOP LOSERS 22 https://bajarkochirfar.com/nepse-rises-by-a-small-percentage-point-trading-volume-shrinks-to-11-billion | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स