कम्पनीहरूले मनपरी गर्न थालेपछि नेप्सेले जारी गर्यो यस्तो निर्देशन

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २२ गते
कम्पनीहरूले मनपरी गर्न थालेपछि नेप्सेले जारी गर्यो यस्तो निर्देशन

केही सूचीकृत कम्पनीहरूले अनिवार्य वित्तीय विवरण र अन्य महत्वपूर्ण जानकारी समयमै नबुझाउँदै मनपरी गर्न थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सबै सूचीकृत कम्पनी र सामूहिक लगानी कोषलाई NOTS Login मार्फत तोकिएको समयमै अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ तथा सूचीकरण सम्झौताअनुसार कम्पनीहरूले NOTS Login मार्फत मात्रै विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार वार्षिक लेखापरीक्षण प्रतिवेदन, त्रैमासिक वित्तीय विवरण, लाभांश वा बोनस सेयरसम्बन्धी निर्णय, धितोपत्र Book Close मिति, बजार मूल्यमा असर पार्ने सूचना, ठूलो सम्पत्ति खरिद/बिक्री वा दायित्व सम्बन्धी निर्णयलगायतका विवरण तोकिएको समयसीमाभित्र पेश गर्नुपर्नेछ।

यस्तै, सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत वा लेखापरीक्षकमा हेरफेर भएमा, कम्पनीको ठेगाना परिवर्तन भएमा, साधारण सभामा प्रस्तुत गरिएका प्रतिवेदन तथा निर्णयहरू पनि नेप्सेलाई तुरुन्तै उपलब्ध गराउनुपर्नेछ।

साथै, प्राकृतिक विपत्ति वा आकस्मिक घटनाका कारण कारोबार प्रभावित भएमा त्यसको जानकारी छिट्टै गराउनुपर्ने व्यवस्था गरिएको छ।

नेप्सेले सम्पूर्ण विवरणहरू अनिवार्य रूपमा इलेक्ट्रोनिक माध्यममार्फत मात्र पेश गर्नुपर्ने र कागजी प्रतिलिपि स्वीकार नगरिने स्पष्ट पारेको छ।

केही सूचीकृत कम्पनीहरूले अनिवार्य वित्तीय विवरण र अन्य महत्वपूर्ण जानकारी समयमै नबुझाउँदै मनपरी गर्न थालेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सबै सूचीकृत कम्पनी र सामूहिक लगानी कोषलाई NOTS Login मार्फत तोकिएको समयमै अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स