दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि ७ अर्बमा खुम्चियो
आज नेप्से परिसूचक ११.१० अङ्कले घटेर २६५४.३५ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये २ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ७ अर्ब ८५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ। यस दिन ३१८ कम्पनीको १ करोड ५१ लाख सेयर कारोबार भएको छ।
नेप्से ११.१० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ११.१० अङ्कले घट्दा ८६ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सिक्लेस हाइड्रोपावर, सामुदायिक लघुवित्त, कोर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, र धौलागिरी लघुवित्त रहेको छ।
नेप्से ११.१० अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ११.१०अङ्कले घट्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: मन्दाकिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, जानकी फाइनान्स, पोखरा फाइनान्स र नेपाल फाइनान्स रहेको छ।