नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको प्रमुख समस्या भ्रष्टाचार र व्यक्तिवाद भएको बताएका छन्।
काठमाडौंमा आयोजित सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारकै कारण राजनीति बदनाम भएको र यसको अन्त्य नेतृत्व तहबाटै सुरु गर्नुपर्नेमा जोड दिए।
उनले भ्रष्टाचार रोक्नका लागि नगर्ने, गर्न नदिने, र गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्ने उपाय अपनाउनुपर्ने धारणा राखे। नेपालले व्यक्तिवाद र अहङ्कार पनि अर्को गम्भीर समस्या रहेको बताउँदै नेताहरूमा देखिएको मैमत्तपना, सङ्कीर्ण दृष्टिकोण, र सामरिक सोचको अभावले राजनीतिक निर्णय कमजोर बनाएको उल्लेख गरे।
अर्थतन्त्रका सन्दर्भमा उनले उत्पादनमा आकर्षण घट्न नदिन बजारको सुनिश्चितता गर्नुपर्ने, देशभित्र रोजगारी सिर्जना गर्नुपर्ने, र बजेट निर्माण प्रक्रियामा सुधार आवश्यक रहेको औंल्याए।
नेपालले राष्ट्रिय उत्पादनको वृद्धि अर्थतन्त्र सुधारका लागि प्राथमिकता बन्नुपर्ने बताउँदै, सुधारात्मक उपाय अवलम्बन गरे मात्र राजनीति र अर्थतन्त्रको समस्याको समाधान सम्भव हुने धारणा राखे।
















प्रतिकृया