नेपाल–भियतनामबीच पर्यटन प्रवर्द्धनका लागि हवाई सम्पर्क विस्तार गर्ने सहमति

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ८ गते
नेपाल–भियतनामबीच पर्यटन प्रवर्द्धनका लागि हवाई सम्पर्क विस्तार गर्ने सहमति

नेपाल र भियतनामले पर्यटन प्रवर्द्धनका लागि हवाई सम्पर्क विस्तार गर्ने सहमति गरेका छन्। आइतबार काठमाडौंमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच भएको द्विपक्षीय वार्तामा यस्तो सहमति भएको हो।

होटल याक एण्ड यतिमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय बैठकमा दुवै देशबीच व्यापार, लगानी, जलविद्युत, पर्यटन तथा सांस्कृतिक सहकार्यका विषयमा गहन छलफल गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव तथा दक्षिणपूर्वी एशिया–प्रशान्त महाशाखाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। उनका अनुसार, नेपाल र भियतनाम दुबै पक्षले मित्रता र सद्भावनामा आधारित सम्बन्धलाई अझ सुदृढ बनाउन प्रतिबद्धता जनाएका छन्।

उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार नेपाल आएकी सुआनको यो नेपाल भ्रमण भियतनामतर्फबाट भएको पहिलो उच्चस्तरीय भ्रमण हो। काठमाडौं आइपुग्ने बित्तिकै उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेकी थिइन्। उक्त अवसरमा मन्त्री राणाले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडान सुरु गर्न प्रस्ताव गरेकी थिइन्।

सुआन सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी त्यही दिन स्वदेश फर्किनेछिन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स