राष्ट्र बैंकले आजदेखि निवर्तमान गभर्नर महाप्रसादको हस्ताक्षर भएको नयाँ ५ रुपैयाँको नोट चलनचल्तीमा ल्याउँदै
नेपाल राष्ट्र बैंकले आज (वैशाख २) गतेदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ। साविककै आकार र रङ्गमा आउने यो नोटमा नम्बर न४५ ०००००१ देखि भ१८ ९९९९९९ सम्म हुने छन्।
नोटमा “नेपाल सरकारको जमानत प्राप्त…” भन्ने वाक्यांशसहित तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत हुनेछ। अगाडिको भागमा सगरमाथा, लालीगुराँसको छाप र तल “बि.सं. २०८१” लेखिएको छ भने पछाडिको भागमा “नेपाल राष्ट्र बैंक”, वन्य याक र लिमी क्षेत्रको हिमालको चित्र, साथै “Rupees Five” र “2024AD” अंकित हुनेछ।
यसअघि २०७७ मंसिर १० मा जारी भनिएको ५ रुपैयाँको नोटमध्ये ०००००१ देखि ५६०००० सम्म मात्रै प्रचलनमा ल्याइएको थियो।