नेपाल राष्ट्र बैंकले आज (वैशाख २) गतेदेखि ५ रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ। साविककै आकार र रङ्गमा आउने यो नोटमा नम्बर न४५ ०००००१ देखि भ१८ ९९९९९९ सम्म हुने छन्।
नोटमा “नेपाल सरकारको जमानत प्राप्त…” भन्ने वाक्यांशसहित तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत हुनेछ। अगाडिको भागमा सगरमाथा, लालीगुराँसको छाप र तल “बि.सं. २०८१” लेखिएको छ भने पछाडिको भागमा “नेपाल राष्ट्र बैंक”, वन्य याक र लिमी क्षेत्रको हिमालको चित्र, साथै “Rupees Five” र “2024AD” अंकित हुनेछ।
यसअघि २०७७ मंसिर १० मा जारी भनिएको ५ रुपैयाँको नोटमध्ये ०००००१ देखि ५६०००० सम्म मात्रै प्रचलनमा ल्याइएको थियो।







![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया