नेपाल राष्ट्र बैंकले प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीलाई अब विशेष नियमन र अनुगमनमा ल्याउने भएको छ। सोमबार राष्ट्र बैंकले “फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम” सार्वजनिक गर्दै यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
फ्रेमवर्कले समय–संवेदनशील (Time-Critical) कारोबार गर्ने, ठूलो परिमाणको भुक्तानी व्यवस्थापन गर्ने वा वित्तीय पूर्वाधारमा केन्द्रीय महत्व राख्ने भुक्तानी प्रणालीलाई प्रणालीगत रूपमा महत्त्वपूर्णको श्रेणीमा परिभाषित गरेको छ। त्यस्तै, कुल कारोबारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने, खुद्रा बजारमा मूल्यको हिसाबले कम्तीमा एक–तिहाइ वा संख्यात्मक हिसाबले दुई–तिहाइ अंश समेट्ने र अन्य भुक्तानी प्रणालीहरूसँग बढी अन्तरसम्बन्ध राख्ने प्रणालीलाई पनि यस श्रेणीमा राखिने उल्लेख गरिएको छ।
राष्ट्र बैंकले यस्ता प्रणालीमा सूचीकृत हुने कम्पनीहरूले बलियो कानूनी आधार सुनिश्चित गर्नुपर्ने, नियम र प्रक्रियाहरू स्पष्ट र बुझ्न सकिने बनाउनुपर्ने, जोखिम व्यवस्थापनलाई प्रभावकारी ढंगले लागू गर्नुपर्ने र सेटलमेन्ट समयमै गर्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ। यस्तै, कम्पनीहरूले त्रैमासिक स्वमूल्यांकन गर्नुपर्ने, वित्तीय स्थायित्वमा सहयोग पुर्याउनुपर्ने र अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गर्नुपर्ने उल्लेख गरेको छ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया