insta insta

नेपाल राष्ट्र बैंकले सुन आयात र विप्रेषणको दैनिक सीमा बढायो

नेपाल राष्ट्र बैंकले सुन आयात र विप्रेषणको दैनिक सीमा बढायो
Advertisement Ads

नेपाल राष्ट्र बैंकले सुन आयात र विदेशबाट आउने विप्रेषण (रेमिट्यान्स) सम्बन्धी दैनिक सीमा बढाएको छ। शुक्रबार बैंकले एकीकृत परिपत्र संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्‍याइएको छ।

त्यसैगरी, विदेशबाट प्राप्त हुने र फिर्ता गर्न नपर्ने रकमको भुक्तानीमा पनि सीमा वृद्धि गरिएको छ। अब नेपाली वा विदेशी नागरिक, साथै नेपालमा दर्ता भएका फर्म, कम्पनी, संस्था वा शाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने रकम दैनिक २५ लाख रुपैयाँसम्म (एकपटक वा पटकपटक) भुक्तानी गर्न सक्नेछन्।

पहिले यो सीमा २० लाख रुपैयाँ निर्धारण गरिएको थियो। रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाअनुसार ग्राहक पहिचानका कागजातहरू लिन अनिवार्य हुनेछ। साथै, नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ अनुसार मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभाग, सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेश गर्नुपर्नेछ।

NRB NOTICE https://bajarkochirfar.com/nepal-rastra-bank-increases-daily-limit-for-gold-imports-and-remittances | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स