नेपाल प्रहरीले सर्वसाधारणलाई तालिम प्राप्त कुकुर नि:शुल्क बाँड्दै, कसरी लिन सकिन्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ४ गते
नेपाल प्रहरीले सर्वसाधारणलाई तालिम प्राप्त कुकुर नि:शुल्क बाँड्दै, कसरी लिन सकिन्छ ?
AdvertisementAds

नेपाल प्रहरीले तालिमप्राप्त कुकुर नि:शुल्क वितरण गर्ने भएको छ। नेपाल प्रहरी केनाइन कार्यालयका एसपी डा. रामचन्द्र सत्यालले साउन २९ गते एक सूचना जारी गर्दै विभिन्न जातका तीन वटा तालिमप्राप्त कुकुर नि:शुल्क वितरण गर्न लागिएको जानकारी दिएका हुन्।

अपराध अनुसन्धान तथा खोजी–उद्धारमा लामो समय काम गरिसकेका यी कुकुरहरू उमेर ढल्कँदै गएपछि आवश्यकताअनुसार काम गर्न असक्षम हुन थालेका कारण नि:शुल्क वितरण गर्ने निर्णय गरिएको प्रहरीको भनाइ छ।

वितरणमा रहेका कुकुरहरूमा खोजी तथा उद्धारमा प्रयोग हुने ८ वर्षकी पोथी जर्मन सेफर्ड ‘बिजुली’, लागुऔषध खोजी तथा पहिचानमा प्रयोग हुने ११ वर्षको भाले गोल्डेन रिट्रिभर ‘मोती’ र विस्फोटक पदार्थ खोजी तथा पहिचानमा प्रयोग हुने १० वर्षको भाले जर्मन सेफर्ड ‘म्याक’ रहेका छन्।

यसअघि यी कुकुर बिक्री गर्ने उद्देश्यले सूचना जारी गरिएको थियो तर कुनै खरिदकर्ता नआएपछि अहिले नि:शुल्क वितरण गर्न लागिएको हो। इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र आवेदन दिनुपर्नेछ भने आवेदन प्रहरी, पूर्वप्रहरी तथा सर्वसाधारण सबैले दिन सक्ने व्यवस्था गरिएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स