नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीले २ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले विद्यमान सेयरधनीलाई १ः२ को अनुपातमा हकप्रद दिने निर्णय गरेको हो, जसअनुसार हालको १ कित्ता सेयर बराबर थप २ कित्ता सेयर पाइनेछ। यससँगै कम्पनीले विद्यमान अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ।
पुँजी वृद्धि र अन्य निर्णय पारित गर्नका लागि कम्पनीले असोज ८ गते बिहान ९:३० बजे काठमाडौंमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ। सभाले हकप्रद जारीपछि हुने सेयर संरचना बमोजिम चुक्ता र जारी पुँजीलाई संशोधन गर्ने, साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिवर्तन गर्नेछ।
त्यस्तै, २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत हुने र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पिएल श्रेष्ठ एण्ड कम्पनीलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्दै पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
नेपाल लाइफ इन्स्योरेन्सको पूर्ण स्वामित्वमा स्थापना भएको यो सहायक कम्पनी बीमा बजार प्रवेशको २५ वर्ष पूरा भएको अवसरमा करिब ५ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको हो।



















प्रतिकृया