नेपाल लाइफले आजदेखि बिक्रीमा राख्यो समृद्धि लगानी योजनाको इकाई, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेपाल लाइफले आजदेखि बिक्रीमा राख्यो समृद्धि लगानी योजनाको इकाई, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

नेपाल लाइफ क्यापिटल लिमिटेडले आज माघ ४ गतेदेखि सामूहिक लगानी कोष योजनाको इकाई निष्काशन सुरु गरेको छ। क्यापिटलले नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ को इकाई निष्काशन गरेको हो।

यस योजनाको कुल आकार १ अर्ब ६० करोड रुपैयाँ रहेको छ, जसअन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले १६ करोड इकाई निष्काशन गरिएको छ। कुल इकाईमध्ये २ करोड २४ लाख इकाई कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्सलाई छुट्याइएको छ भने १६ लाख इकाई कोष व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई छुट्याइएको छ।

बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्ने छन्। आवेदन छिटोमा माघ ८ गतेसम्म खुला रहनेछ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डले पुस १३ गते यस फण्डको इकाई निष्काशनको अनुमति दिएको हो। यो नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड हो। बन्दमुखी प्रकृतिको यस फण्डको अवधि १० वर्षको रहनेछ।

नेपाल लाइफ क्यापिटल लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सहायक कम्पनी हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स