नेपाल फाइनान्स लिमिटेडले सर्वसाधारणका लागि २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको यी सेयर आजदेखि खरिदका लागि उपलब्ध गराएको हो।
इच्छुक व्यक्ति वा कम्पनीले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिनुपर्नेछ। लगानीकर्ताले आवश्यक कागजातहरू संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट उल्लेख गरी कम्पनीको कमलादी, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रु. १०० तोकिएको छ र आवेदन यस मूल्यभन्दा कममा पेश गर्न मिल्ने छैन।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया