नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि निष्काशन गरेको २५ प्रतिशत हकप्रद सेयर बाँडफाँट गरेको छ। कम्पनीले माघ १७ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई आधार मानेर २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्तापुँजीको २५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गरेको हो।
कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर सार्वजनिक रूपमा बिक्रीका लागि खुला गरेको थियो। सो अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरूबीच चैत ३१ गते हकप्रद सेयरको बाँडफाँट गरिएको हो। बाँडफाँटपछि कुल ४८ लाख ५ हजार ६४०.२० कित्ता हकप्रद सेयर वितरण गरिएको छ।
यस चरणमा २ लाख २५ हजार २६१.३५ कित्ता सेयर भने बाँडफाँट हुन बाँकी रहेको छ। यी बाँकी सेयरहरू लिलामी प्रक्रियाबाट विक्री गरिनेछ।
हकप्रद सेयर बाँडफाँटमा नपरेको रकम कम्पनीले वैशाख ३ गतेदेखि फिर्ता भुक्तानी गर्ने जानकारी दिएको छ।
यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका सानिमा क्यापिटल लिमिटेड थियो।












![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-768x432.jpg)



![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया