नेशनल हाइड्रोपावरले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

नेशनल हाइड्रोपावरले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार ३१ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

सभा काठमाडौंको कालिकास्थित अमृत भोग क्याटरिङमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

सभाले एक जना महिलासहित कुल सात जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्तावसमेत पारित गर्नेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार १५ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स